सल्यान बाट सिधै सुर्खेत बस संचालन

0
3

सल्यान २५, असोजआइतवार देखी सल्यान सुर्खेत बस सेवा सञ्चालन हुने भएको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण बन्द रहेको सल्यान सुर्खेत सिधा बस सेवा आइतवार देखी सञ्चालन हुने भएको हो । सल्यानको बाँगेलाखुरीबाट बिहान ६ बजे सुर्खेतका लागी बस छुट्ने सल्यान शारदा यातायात प्रालिका अध्यक्ष डम्बर सिंह तिरुवाले जानकारी दिनुभयो । यस्तै खलंगाबाट बिहान १० वजे बस छुट्ने उहाँको भनाई छ ।

यस्तै सुर्खेतबाट सल्यानको लागी बिहान ८ वजे बस छुट्ने छ । चाडपर्व नजिकिँए सँगै नागरिकहरुको आवतजावत बढी हुनेभएकाले उनीहरुको सहजताका लागी बस सेवा सञ्चालन गर्न लागिएको अध्यक्ष तिरुवाले जानकारी दिनुभयो । सल्यानको खलंगा, कुपिण्डे बालुवासंग्रही रुढ भएर बस सञ्चालन हुने छ । जिल्लामा सञ्चालित सल्यान शारदा यातायात प्रालिले मात्रै सल्यान सुर्खेत बस सञ्चालन गर्दै आएको छ ।

 

Leave a Reply