युनियन लाईफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी बापतको रकम भुक्तानि

बिनोद घिमिरे/सुर्खेत,२५ असोज । युनियन लाईफ इन्स्योरेन्स क.लि शाखा कार्यालय सुर्खेतले भेरिगंगा नगरपालिका १० का जय बहादुर खड्कालाई मृत्यु दाबी बापतको रकम रु ४१ लाख भुक्तानी गरेको छ ।

गत बर्ष भाद्र महिनामा सुर्खेत शाखाबाट २० लाखको बिमा स्वर्गीय आइती खड्काको जीवन बिमा गरिएको र पहिलो किस्ता बापत १ लाख २९ हजार ६ सय ३२ तिरी २० बर्ष जीवन बिमा गरिएको मा स्वर्गीय आइती खड्काको कालिकोट नाग्ममा घर पसल रहेको र उक्त घर पसल मिति २०७७-०५-१४ गते आएको पहिरोले पुरि दुर्घटना स्थल मै मृत्यु भएकोले उक्त घटनाको जानकारी पाए लगत्तै कर्णाली प्रदेशका उप-प्रमुख किशोर थापा घटनास्थलमा पुगी आवश्यक कागजात संकलन गर्न लगाइ मृत्यु दाबी भुक्तानीमा बिमा दामी रकम रु २० लाख दुर्घटना बापत २० लाख र अन्तरिम बोनस बापत १ लाख गरि जम्मा रु ४१ लाखको चेक मृतकले ईच्छायको ब्यक्ती उनको श्रीमान जय बहादुर खड्कालाई कम्पनीका कर्णाली प्रदेश उप-प्रमुख किशोर थापा , एजेन्सी म्यानेजर कुल प्रशाद गौतम , पुर्ण बहादुर वलि र भेरिगंगा १२ का वडा अध्यक्ष हरि प्रशाद कडेलको रोहबरमा हस्तान्तरण गरिएको थियो ।

युनियन लाइफले छिटो र छरितो तरिकाले दाबी भुक्तानी दिएकै कारणले आज देश भरी सबै जन्ताले बिश्वास गरि कम्पनीले दोस्रो स्थान लिन सफल भएको कम्पनीका कर्णाली प्रदेश उप-प्रमुख किशोर थापाले बताउनु भयो । तेस्तै एजेन्सी म्यानेजर के.पि गौतमले युनियन लाइफ इन्स्योरेन्स अरु भन्दा पृथम भएको र अनुभवी इमानदार कर्मचारीहरु भएकाले अरु कम्पनी भन्दा भन्दा धेरै अगाडि बढेकाले हामी सबैको युनियन लाइफ मै बिमा गराउनु पर्ने बारेमा जानकारी दिनु भएको थियो ।

तेस्तै गरि मृतकका श्रीमान जय बहादुर खड्काले यति छिटो यति छोटो समयमा घर दैलोमा नै उपस्थित भइ भुक्तानी दिएकोमा युनियन लाईफ र कर्मचारी सबैको प्रगती होस र सबैले युनियन लाइफमै बिमा गरून् भन्नू भएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका एजेन्सी म्यानेजर सुन्दर वलि,मोहन खत्री लगायत स्थानिय समाजसेवी बुद्दिजिबी उपस्थिति रहेको थियो र उक्त कार्यक्रमलाई छिन्चु शाखाका प्रमुख प्रकाश रोका मगरले सहजीकरण गर्नु भएको थियो

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्