समुदाय स्तरमा फैलिदै कोरोना

0
6

कात्तिक,१ सल्यान।शारदा नगरपालिका स्वास्थ्य शाखाले पछिल्लो चरणमा स्वाव सङ्कलन गरेका ४२ जना मध्य ५ जनामा कोरोना पोजिटिभ देखिएको नगर स्वास्थ्यले जनाएकोछ।
नगरका कोरोना फोकल पर्सन रबिन बिस्टका अनुसार कोरोना पोजिटिभ देखिएका प्राय समुदायमा बसेर अग्रमोर्चामा कृयाशिल छन।
नगर स्वास्थ्यले हालसम्म १ हजार बढिको स्वाव लिएकोमा ३४ जनामा कोरोना पोजिटिभ देखिएकोछ।पोजिटिभ देखिएका मध्य आधाबढी स्वस्थ भएर घर फर्की सकेको र बाकिको आइसोलेसनमा उपचार भैरहेकोछ।आइसोलेसनमा रहेका र हाल पुष्टि भएका हरुमा कुनै लक्षण देखिएकोछैन भने सवैको स्वास्थ्य अवस्था सामान्य रहेकोछ।
नगरले कोरोना सङ्क्रमन समुदाय स्तरमा गैसकेको सङ्केत देखियकोले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक कृयाकलाप सन्चालन गर्न र सतर्क रहन सवै नगरवासिमा अनुरोध गरेकोछ।

 

Leave a Reply