पुष्कर बिहानी /सल्यान,१ कार्तिक।सल्यानको एक सामुदायिक बनले ग्यास चुलो बितरण गरेको छ।
जिल्लाको त्रिबेणि गाउपालिका वडा न ५ सिम्कमा रहेको नौधारी सामुदायिक बनले बन समुहमा आवद्ध रहेका सदस्यहरुलाइ ५०% सहुलियतमा ग्यास चुलो बितरण गरेको छ।
समुहमा रहेका ९४ घरधुरिलाइ ग्यास चुलो बितरण गरिएको बन सचिब कोमल रावतले बताउनु भएको छ।
सामुदायिक बनको संरक्षण र प्रयोगलाइ कम गर्न ग्यास चुलो बितरण गरिएको हो।
यस सामुदायिक बनमा १०६ उपभोक्ता सदस्य आवद्ध छ्न।
सामुदायिक बनको ३,१९०६० लगानी र बन सदस्यहरुको ३,१९०६० लगानीमा ग्यास चुलो बितरण गरिएको हो।