सल्यानमा २७ वर्षीया महिला माथी बलात्कार,दोषी पक्राउ

33

सल्यान,४कात्तिकlसल्यानको शारदा नगरपालिका –१ निवासी २७ वर्षीया एक महिलालाइ बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक व्यक्तीलाइ गिरप्तार गरेको छ ।
बोल्न नसक्ने २७ वर्षिय महिलालाई बलात्कार गरेको आरोपमा शारदा नगरपालिका–१ शान्तिनगरका ३२ वर्षीय शरद रेउलेलाइ गिरप्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
कात्तिक २ गते राति अन्दाजी ९ बजेको समयमा पीडितकै कोठामा बलात्कार गर्दै गर्दा महिला चिच्याई कराई गरेपछि छिमेकीले युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए।घटना पछि आरोपितलाइ नियन्त्रणमा लिई हिरासतमा राखी थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

पहिले पनि भएको थियो बलात्कार,अपराधी पत्ता लागेको छैन भन्दै रुन्छन पीडितका बुवा

शारिरिक रुपमा अशक्त ती महिला पहिले पनि करिब तीन वर्ष अघि बलात्कारको शिकार भएकी थिइन् । बोल्न पनि नसक्ने र प्रतिकार समेत गर्न नसक्ने अवस्थामा रहेकी ती महिलालाइ तीन वर्ष अघि बलात्कार गर्ने पुरुषको अझै केही अत्तोपत्तो छैन्।बरु त्यसपछि उनले एक बालकलाइ जन्म दिएकी छन् । आप्नो स्याहार समेत गर्न नसक्ने ती महिलाको काखमा अहिले ढाइ वर्षको छोरा छ ।

कहिले कस्ले यस्तो पाप गरेको हो हामीलाइ थाहा पनि भएन,पिडीतका बुवाले भन्नुभयो,छोरीले केही बोल्न सक्दिन,मान्छे चिन्दिन, जब बच्चा पेटमा हुर्कियो अनि मात्रै थाहा भयो,तर हामीले केही गर्न सकेनौं ।छोरीको अपराधी अहिले पनि खुलेआम घुमी रहेको होला खै हाम्रो पीडा कस्ले बुझिदिने ?

यस पटक पनि छोरी कराएको सुनेर आमाले के भो भनेर हेन जाँदा मात्रै थाहा पाएका हौं ।आरोपित पेशाले ड्राइभर हो,उहाँले भन्नुभयो,अशक्त लाइ सहयोग गर्नुको साटो फाइदा लुट्ने समाज रहेछ । पीडित महिलाको स्वास्थ्य परिक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा कात्तिक ३ गते गरियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्