तरुण नेता भरत चलाउनेको विशेष सहयोगमा विपदमा परेका परिवारलाई राहत

38

सल्यान,४ कात्तिक।नेपाल तरुण दल सिद्धकुमाखका नेता भरत चलाउने द्वारा साइप्रस बाट उपलब्ध बनाउनु भएको राहत सहयोग रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ।

प्राकृतिक विपदमा परेका परिवारलाई राहत स्वरुप विशेष रुपमा सहयोग उपलब्ध गराईदिनु भएको थियो। गत साउन २ गते पहिरोमा परि घर भत्किएका सिद्धकुमाख गा पा १ उपल्लो बाँझकाँडा निवासी रत्न बहादुर बुढाथोकीको परिवारलाई उक्त रकम नेपाली कांग्रेस सिद्धकुमाख र नेपाल तरुण दल सिद्धकुमाखले घरमै पुगी हस्तान्तरण गरेको छ।

भरत चलाउने बाट उपलब्ध भएको रु १०००० र नेपाली कांग्रेस सिद्धकुमाख र तरुण दल सिद्धकुमाख बाट संकलित ८००० गरि जम्मा १८००० बराबरको राहत उक्त परिवारलाई हस्तान्तरण गरिएको छ। नेपाली कांग्रेस सिद्धकुमाख वडा नं. १ का पार्टी सभापति तेज बहादुर बुढाथोकीको सभापतीत्वमा भएको कार्यक्रममा प्रमुख अथिती सल्यान प्रदेश सभा क्षेत्र नं. १ ‘ क’ का सचिव महेश बुढाथोकी,अथितीहरु नेपाली कांग्रेस सिद्धकुमाखका पार्टी सभापती झुपलाल थापा,नेता नरविर चलाउने, तरुण दल सिद्धकुमाखका अध्यक्ष राजेश डि सी, उपाध्यक्ष धनेश बुढाथोकी,तरुण दल कोषाध्यक्ष सुकलाल बुढाथोकी,तरुण नेताहरु निराजन रावत,सुवास बुढाथोकी र सञ्जय बस्नेत रहृको कार्यक्रमको सञ्चालन पार्टी सचिव डिल्ली चलाउनेले गर्नु भएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली कांग्रेस जनताको हरेक सुख दुखमा साथ दिने पार्टी भएकाले सधै जनतालाई सुख दुखमा यस्तै खाले सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्