कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्ने भन्नेबारेमा नेकपाका द्वयअध्यक्ष बिच चरम विवाद

काठमाडौं,४ काक्तिक। कर्णाली प्रदेशमा देखिएको समस्या कसरी समाधान गर्ने भन्नेबारेमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चरम विवाद देखिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले बिहान कर्णाली प्रदेशको समस्या समाधान गर्न त्यहीँको पार्टी र सरकारलाई दिनुपर्ने बताएर उठेर हिँडेको उनका प्रेस संयोजक विष्णु सापकोटाले बताएका थिए । तर, प्रधानमन्त्री निवास बालुवाटारबाट चारबुँदे सहमति भएको भन्दै सार्वजनिक गरिएपछि प्रचण्ड क्षुब्ध बनेका हुन् । र, दुई अध्यक्षको बैठकमा भएको मनमुटाव सतहमा आएको हो ।

“बिहान कुनै समझदारी भएको छैन । प्रचण्डले आफ्ना कुरा राखेर हिँड्नुभएको हो । प्रधानमन्त्रीका तर्फबाट सार्वजनिक गरिएको बुँदामध्ये कुनैमा पनि सहमति भएको छैन,” सापकोटाले  भने ।

यता सूर्य थापाले प्रचण्डसँग कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा मुख्यमन्त्रीद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने चारबुँदे सहमति भएको भन्दै सार्वजनिक गरेका छन् ।

प्रचण्ड स्रोतले केहीबेरमा विज्ञप्ति नै निकालेर खण्डन गर्ने तयारी गरिरहेको जानकारी दियो

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्