आईपीएल क्रिकेटमा पन्जाबले हैदरावादलाई १२ रनले हरायो

काठमाडौं,९काक्तिक । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले सनराइजर्स हैदरावादलाई १२ रनले हराएको छ ।

पन्जाबले हैदरावादसामु १२७ रनको विजय लक्ष्य पेश गरेको थियो । तर हैदरावाद १९।५ ओभरमा ११४ रनमा अलआउट भयो ।
यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो । उसका लागि निकोलस पुरनले नटआउट ३२ रन बनाए । केएल राहुलले २७, मन्दीप सिंहले १७, क्रिस गेलले २० र ग्लेन म्याक्सवेलले १२ रन जोडे ।

बलिङतर्फ सन्दीप शर्मा, ज्यासन होल्डर र राशिद खानले २–२ विकेट लिए ।

विजय लक्ष्य पछ्याउने क्रममा हैदरावादका लागि कप्तान डेभिड वार्नरले ३५ रन बनाए । अन्य चार जनाको ब्याटबाट एक रन पनि निस्किएन । विजय शंकरले २६, जोनी बेयरस्टोले १९ र मनिष पाण्डेले १५ रन बनाए ।

पन्जाबका लागि क्रिस जोर्डन र अर्शदीप सिंहले तीन–तीन विकेट लिए । १७ रन मात्र खर्चिएका क्रिस जोर्डन म्यान अफ द म्याच भए ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्