सल्यानमा एक १४ वर्षिय बालकले झुँडिएर गरे आत्माहत्या

49

मनोजबाबु मनोहर/सल्यान,११ काक्तिक ।सल्यानमा आज एक बालकले झुन्डिएर आत्माहत्या गरेका छन ।सल्यानको शारदा नगरपालिका वडा नं १ शान्तिनगर बस्ने अर्जुण बादिका १४ वर्षिय छोरा बिशाल बादिले बिहान झण्डै एघार बजेतिर आत्माहत्या गरेका हुन ।बिहान खाना खाएर बसेको केहिबेरमा आफ्नै घरको कोठामा डोरीको पासो लगाई आत्माहत्या गरेका हुन। घरमा बेलाबेलमा झगडा हुनेभएकोले मानसिकरुपमा बढि तनाब भएर आत्माहत्या गरेको हुनसक्ने स्थानियहरुको भनाईरहेको छ ।मृतक अहिले कक्षा ६मा शिवजनमा अध्ययनरत थिए ।मृतक्रको लासलाई पोष्टमार्टमाका लागी जिल्ला अस्पताल सल्यानमा लगीएको जिल्ला प्रहरी कार्यालय सल्यानले खबर आजको डट कमलाई जानकारी दिएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्