पवर्त सदरमुकाम कुस्मा एक साताका लागी बन्द

काठमाडौं,१४ कात्तिक। पर्वत सदरमुकाम कुस्मा बजारमा एक हप्तासम्म सरकारी कार्यालय, वित्तीय संस्था र अत्यावश्यकबाहेक सबै पसल बन्द गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

पर्वतमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेको र मानिसको मृत्यु पनि भएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।
शुक्रबार प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले सूचना जारी गरी कुश्मा नगरपालिका कार्यालय र सदरमुकाम क्षेत्रका ४, ५, ६ र ७ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सेवा, सदरमुकामका बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा र अत्यावश्यक बाहेकका पसल कात्तिक १४ गते राति १२ बजेदेखि कात्तिक २१ गते राति १२ बजेसम बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

कात्तिक १३ गते बसेको जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको छलफलले उक्त निर्णय गरेको गौतमले बताएका छन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्