कोरोनाका कारण बुटवलमा एक बृद्धको मृत्यु

4

बुटवल,१९काक्तिक । तिलोत्तमारुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत गुल्मीका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

अस्पतालमा उपचारको क्रममा गुल्मीको दरवार गाउँपालिका–६ का ८६ वर्षीय वृद्धको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनालले जानकारी दिनुभयो ।
ती वृद्धमा कात्तिक १३ गते कोरोना पोजेटिभको रिपोर्ट आएपछि सोही दिन कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

उपचारको क्रममा बुधबार बिहान उनको मृत्यु भएको हो । उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्