भेरीगंगाको उत्कृष्ट उद्यमीमा खड्का सम्मानित

69

बिनोद घिमेरे\सुर्खेत,९ मसिंर।भेरीगंगा नगरपालिकाको उत्कृष्ट उद्यमी २०७७ को लागि कविराम पुरुष्कृत हुनुभएको छ। भेरीगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, उधोग विकास शाखाद्वारा मंगलबार आयोजित छैठौ राष्ट्रिय उधोग दिवस २०७७ कार्यक्रममा खड्का सम्मानित हुनुभएको हो। भेरीगंगा वडा नम्बर ६ मा पवन पशुपंक्षी तथा बँदेल फर्म सचालन गर्दै आउन भएका खड्का आर्थिक बर्ष २०७७ का लागि भेरीगंगाको उत्कृष्ट उद्यमीका रुपमा सम्मानित हो ।

खड्का शारिरिक अपाङ्ग भएपनि लामो समयदेखि सपाङ्गसरह कुखुरापालन, बाख्रापालन, बदेलपालन, तरकारी, फलफुल खेती, कृषि खेती संचालन गर्दै थियो । उत्कृष्ट उद्यमी खड्कालाई नगरपालिकाका उद्योग विकास तथा सहकारी अधिकृत पीताम्बर पौडेल, प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेत, नगरपालिका मेयर भुपेन्दबहादुर चन्द, उपमेयर रेणु आचार्यले नगद, दोसल्ला र सम्मान पत्रले सम्मान हो। भेरीगंगा नगरपालिकाले पहिलोपटक उत्कृष्ट उद्यमी सम्मान गरेको हो

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्