भारतीय विदेश सचिव दुई दिने भ्रमणका लागि आज नेपाल आउदै

काठमाडौं,११ मंसिर। भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपालको दुई दिने भ्रमणका लागि आज काठमाडौँ आउदै छन् ।

पराराष्ट्र मन्त्रालयका आनुसार मंसिर ११ र १२ गते ९नोभेम्बर २६ र २७० हुने यस भ्रमण नेपाल र भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता रहेको छ ।

भ्रमणको पहिलो दिन विदेश सचिव श्रींगलाले नेपाल र भारतका दुइपक्षीय सहयोगका विषयमा छलफल गर्ने छन् भने सोहि दिन दुई देशका प्रतिनिधिबीच उच्चस्तरीय बैठक समेत हुने छ ।

भ्रमणका अवसरमा उनले कोरोना रोकथामसम्बन्धि सहयोग सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केहि साता अघि भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले गरेको भ्रमण पछि भारतीय उच्चस्तरीय अधिकारीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमा विवाद लगायतमा रहेको विवादक बारेमा यस अघि भारत वार्तामा बस्न आनाकानी गरिरहेका बेला भारतीय पक्षबाट भइरहेका यस किसिमका उच्चस्तरीय भ्रमणले वार्ताको वातावारण बनाउने विश्वास गरिएको छ । तर दुवै सरकारले भ्रमणको स्पष्ट एजेन्डा बारे स्पष्ट गरेका छैनन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्