सल्यान,२० मंसिर । नेपाल विद्यार्थि संघ सल्यानले जागरण अभियान सुरु गरेको छ । कोरोना भाइरसबाट बच्न सन्देश दिने गरी नेविसंघले अभियान सञ्चालन गरेको हो । बिभिन्न समयमा गरेर जिल्लाभरमा नै अभियान सञ्चालन गर्ने नेपाल विद्यार्थी संघ सल्यानले खबर आजकोलाई जानकारी दिएको हो।
कार्यक्रमको सुरुवात गर्दै शारदा नगरपालिकाका प्रमुख तथा काँग्रेस नेता सुरेश अधिकारीले राज्यले काँगे्रसलाइ हेर्ने दृष्टिकोण गलत भएकाले काँग्रेशका युवाहरु सजग बन्न अनुरोध गरे । उनले भने– तनहुमा हाम्रा नेता रामचन्द्र पौडेललाई दुःख दिने राज्यले देशभरी त्यहि अनुसारको अभियानमा लागेको छ तपाईहरु सजग रहनुहोला । जागरण अभियान सरसफाइ गरौं, सावुनपानीले हात धोऔं, मास्क सेनिटाइजरको प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं, आफु बचौ र अरुलाइ पनि बचाऔ भन्ने नारा सहित सुरु गरिएको छ ।