प्रधानमन्त्रीले संसद विघटन गरेको बिरोधमा नेपाली कांग्रेस सल्यानको बिरोध प्रदर्शन

सल्यान,१४ पुस । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको बिरोधमा नेपाली कांग्रेस सल्यानले सोबमार सदरमुकाम खलंगामा बिरोध प्रदर्शन गरेको छ । संसद् विघटन विरुद्ध देशैभर आन्दोलन गर्ने कार्यक्रम अनुसार नेपाली कांग्रेसले सल्यानमा पनि विरोध प्रर्दशनको गरेको हो ।

सदरमुकाम टुडिखेलबाट शुरु भएको विरोध र्याली पुरानो बसपार्क हुदै ठण्डी सडम, नेपाल बैक, हुलाक रोड परिक्रमा गरी पुनः पुरानो बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।

संसद विघटनको असंवैधानिक कदम मुर्दावाद, सर्वसत्तावादी ओली सरकार मुर्दावाद, प्रतिगमन मुर्दावाद, ओली तिम्रो पाराले दुख पाए साराले लगायतका नाराहरु काँग्रसेले लगाएको थियो ।
कोणसभामा बोल्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसद बिघटन गरेर नेपालको संबिधानलाई कुल्चिने काम गरेको बताएका छन । सरकार अलोकतान्त्रिक बाटोमा हिड्न खोजेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शनका क्रममा ओलीविरुद्ध चर्का नारासमेत लगाएका छन् ।

कोणसभालाइ नेपाली कांग्रेसका नेताहरु डिल्लीराज रेग्मी, धुर्वराज पुरी, एकराज डाँगी लगायतका नेताहरुले सम्बोधन गरेका थिए । नेपाली काँग्रेस सल्यानका पार्टी सभापति गणेश चन्दको सभापतित्वमा भएको कोणसभालाई पार्टी सचिव प्रकाश भण्डारीले सन्चालन गरेका थिए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्