संसद विघटनको विरोधमा नेपाली कांग्रेसले गर्यो देशभर प्रदर्शन

सल्यान,२५ पुस । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भन्दै काग्रेसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् । सल्यान क्षेत्र नम्बर २ ले शनिबार श्रीनगरमा आयोजना गरको कार्यक्रम्मा नेपाली कागे्रसका क्षेत्रिय सभापति एव क्षत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसि ,नेपाली कागे्रसका निवर्तमान केन्द्रिय सदस्य डिल्लीराज रेग्मी,नेपाली काग्रेस सल्यानका सभापति गनेश चन्द,जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्ट,शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी लगायतका बक्ताले आफ्नो धारणा राखेका हुन ।कार्यक्रम्मा बोल्दै नेताहरुले अहिलेको सरकारले संसद बिघटन गरेर  संबिधानको धज्जी उडाएको र जनमत र लोकतन्त्रको रक्षा नगरेको बताएका हुन ।सरकारले गरेको यो कार्य असंबैधाकिन र नाङ ्गो नाच भएको भन्दै बिरोधमा उत्रिएको बताएका थिए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्