बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा पुष्पा भण्डारीलाई स्वर्ण पदक: को हुन पुष्पा?

सल्यान,२६ पुस ।बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन् । उनले दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन्।भारतीय खेलाडीलाई ६ मिनेटले पछि पार्दै उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन् ।

पुष्पाले स्वर्ण जितेर यो पटक पनि नेपालको नाम राखेकी छन् । उनले स्वर्ण जिते सँगै सल्यान जिल्लाले गर्व महसुस गरेको छ । गत वर्ष सागमा रजत जितेकी पुष्पा गृह जिल्ला सल्यान फर्किएपछि धेरै ठाउँमा सम्मान गरिएको थियो । यो पटक पनि उनलाइ सम्मान गर्न सल्यानबासी आतुर छन् ।

(को हुन पुष्पा भण्डारी?)

२०५३ असार २८ गते सल्यानको शारदा नगरपालिका १४ माल्नेटामा जन्मिएकी हुन् पुष्पा भण्डारी । सानैदेखि उनि दौडमा खुबै रुचि राख्थिन् । उनी सम्झिन्छिन् ६ कक्षामा पढ्दा विद्यालयमा आयोजना भएको दौड प्रतियोगितामा भाग लिएको । त्यही दौड हो जसले उनलाई जीवनको ट्र्याकमा दौडिन सिकाएको ।

त्यही दौडमा देखाएको प्रदर्शनकै आधारमा उनी छैटौं नेसनल गेमको छनोटका लागि आएका रवीनकुमार राईको नजरमा परिन् रवीनकुमार जो स्वर्गीय भैसकेका छन् । त्यसपछि गाविस स्तरीय, जिल्ला स्तरीय, क्षेत्रीय हुँदै छैटौं राष्ट्रिय खेलकुदमा सहभागी समेत भइन् ।
पुष्पाले १५ वर्षको उमेरमै म्याराथन दौडिएकी थिइन् । धनगढीमा छैटौं राष्ट्रिय खेलकुदमा म्याराथनमा दोस्रो भएकी पुष्पा पाँच किलोमिटरमा तेस्रो भएकी थिइन् । तर त्यो पछि खेलकुदको भेउ नपाउँदा राष्ट्रिय स्तरमा नआइ उनको २ वर्ष ग्याप भयो । त्यही ग्यापमा उनले पढाइलाई निरन्तरता दिइन् । प्लस टू सकिन्।

‘खेलेर नहुँदोरहेछ भनेर झण्डै दुई वर्ष गाउँमै हराएँ’, उनी भन्छिन्, ‘जिल्लाको गुरु रविनकुमार राईले तिमी सक्छौं भनेर फेरि खेलमा ल्याउनुभयो ।’ त्यसपछि २०६९ सालको लुम्बिनी च्याम्पियनसिपमा सहभागी भएर प्रथम भइन् ।

त्यसपछि उनी सशस्त्र प्रहरी क्लबको आँखामा परिन् । उनी एपीएलमा करारमा आवद्ध भइन् । ‘धनरामी चौधरी गुरुले ‘होची छु, म सक्दिन होला भन्ने सोच त्यागेर मेहनत गर्न भन्नुभयो र म यहाँसम्म आइपुगेँ’ पुष्पा भन्छिन् ।

सागमा एथलेटिक्सतर्फ लामो र मध्यम दुरीका मुख्य प्रशिक्षक रहेको चौधरी पनि सुरुमा आफूले भेट्दा पुष्पामा त्यस्तै भावना रहेको सुनाउँछन् । ‘म यस्तो छु, उस्तो छु, सक्दिन होला भन्थिन्,’ चौधरी भन्छन्, ‘तर मैले उनमा लामो समयसम्म दौडिन सक्ने क्षमता देखेको थिएँ ।’

एपीएफमा आवद्ध भएपछि उनले लगातार ट्रेनिङ पाइन् । त्यसक्रममा पुष्पाको टाइमिङ औषतमा २स्५० ९२ घन्टा ५० मिनेट रहन्थ्यो । चौधरीकाअनुसार दक्षिण एसियामा म्याराथनको टाइमिङ २ घन्टा ३१ मिनेट छ । तर काठमाडौंमा हाइ अल्टिच्युडका कारण यो सम्भव थिएन ।

अन्तर्राष्ट्रिय स्तरमा उनले सहभागिता जनाएको पहिलो प्रतियोगिता हो १२ औं साग। जसमा उनले सहभागिता त जनाइन् तर सोचेजस्तो नतिजा निकाल्न सकिनन्।

गत वर्षको मंसिरमा काठमाडौंमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भयो । त्यसमा रजत पदक हात पारिन् । पदक मात्र होइन उनले पदकसँगै राष्ट्रिय कीर्तिमान पनि बनाइन् । २ घण्टा ५० मिनेट ११ सेकेन्टमा म्याराथन पुरा गर्दै उनले राष्ट्रिय कीर्तिमान बनाइन् । पहिलो हुने खेलाडीभन्दा १० मिनेट मात्रै उनि पछि परेकी थिइन् ।

 

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्