रुकुम पश्चिमको राडी बजारक्षेत्र दिनभर तनावग्रस्त :प्रशासनले गर्यो अनिश्चितकालीन निषेधाज्ञा

रुकुम,६पुस । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारक्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र दिनभर तनावग्रस्त बन्न पुगेको थियो ।

सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछिस्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको रुकुम पश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
नेकपा प्रचण्ड–माधव समूह निकट आठबीसकोट नगरपालिका–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का कांग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई गएराति आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीय युवा शिव केसीले बताए ।

दुई पक्षबीचको विवादबाट हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

प्रशासनले मंगलबार साँझ ५ बजेदेखि पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न पाइँदैन ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्