सल्यान,८ माघ ।नेपाली काँग्रेसले आज देशव्यापीरुपमा बिरोध कार्यक्रम गरेको छ।देशका ६ हजार ७ सय ४३ ओटै वडाहरुमा आज नेपाली काँग्रेसले वर्तमान सरकारकारले गरेको असंबैधानिक कदमको बिरोध गरेको हो। संसद विघटनको विरोधमा नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक भन्दै काग्रेसले देशभर आज विरोध कार्यक्रम गरेको हो ।
विरोध कार्यक्रममा बोल्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको र सरकारले जनताको भोटको सहि मुल्याङ्कन नभएको बताएका हुन। महासमिति सदस्य तुल्सीराम बस्नेतको प्रमुख आतित्यथा रहेको बिरोध कार्यक्रम्मा,वडा अध्यक्ष दिपक कुमार हमाल,कार्यपालीका सदस्य गोमा पोख्रेल,सदस्य भेदबहादुर गीरी,बेलबहादुर बुढा लगायतकाले मन्तव्य राखेका हुन।शारदा नगरपालिका अन्तर्गत वडा न.१२ का सभापति शेयर सिंह बस्नेतको सभापतित्व रहेको कार्यक्रम्मको सँचालन मनोजकुमार सुनुवारले गरेका थिए।
मनोहर मिडिया प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com शारदा नगरपालिका १२ सल्यान बाट संचालन भइ नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको अनलाइन न्युजपोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।