२४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

17

सल्यान,९ माघ। पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ५४५ नमुना परीक्षण गर्दा १३३ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६३ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् भने १९८६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३ हजार ६४१ संक्रिय संक्रमित छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्