भागरथी भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन नेपाली कांग्रेसले खटायो पार्टि नेता

काठ्मान्डौ,३० माघ ।नेपाली कांग्रेसले बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन पार्टी नेतालाई खटाएको छ ।प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पठाइएको हो । उनी शुक्रबार नै बैतडी पुग्दैछन् ।
घटना भएको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नुले परिवारजनले पिडामाथि पीडा थप्ने काम भएको कांग्रेसले बताएको छ ।

साथै अनुसन्धान तीब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न र देशभरका सबै घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्री समक्ष माग गरेको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्