सल्यान,८ फागुन ।यसअघि पशुपक्षीमा मात्रै देखिने गरेको बर्डफ्लु पहिलोपटक मान्छेमा पनि भेटिएको छ । रुसमा पहिलोपटक मान्छेमा बर्डफ्लु भेटिएको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमले रुसको एउटा पोल्ट्री फर्ममा काम गर्ने सातजना मान्छेमा बर्डफ्लु भाइरस भेटिएको समाचार प्रकाशन गरेका छन् ।
मानिसमा समेत बर्डफ्लुको भाइरस भेटिएपछि उच्च सतर्कता अपनाइएको रुसी अधिकारीले बताएका छन् ।
रुसी वैज्ञानिकले अहिलेसम्म मानिसमा नभेटिएको बर्डफ्लु मानिसबाट अन्य मानिसमा सर्ने सम्भावना रहेकाले चुनौती थपिएको बताएका छन् ।(एजेन्सीको सहयोगमा)
कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई khabarajako2020@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।