संघीयता खारेज नगरे देश नै खारेज हुन सक्छ; चित्रबहादुर केसी

बुटवल,८ फागुन ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संघीयता खारेज नगरे देश नै खारेज हुन सक्ने चेतावनी दिएका छन् । सत्ता र शक्तिका लागि केही दलका नेताहरु भारतको इसारामा चलेकाले समस्या उत्पन्न भएको उनले बताए ।

शनिबार बुटवलमा आयोजित कार्यक्रममा केसीले नेकपामा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल बढेको दावी गर्दै अहिलेको समस्याको निकास भनेकै प्रतिनिधिसभा पुनर्स्थापना भएको प्रस्ट पारे ।

प्रतिनिधिसभा पुर्स्थापना नभए देशमा ठूलो संकट आउन सक्ने उनले बताए । २०४७ सालको संविधानले प्रनिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार दिए पनि संविधानसभाबाट बनाइएको संविधानले प्रधानमन्त्रीलाई त्यस्तो अधिकार नदिएको केसीको भनाइ छ ।

संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम निरंकुश र अलोकतान्त्रिक भएको उनले बताए । सरकारलाई काम गर्न दिएनन् भन्ने नाममा प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा अर्को कुन शक्तिले त्यो अधिकार प्रधानमन्त्रीलाई दियो भन्ने प्रश्नसमेत उनले गरे ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्