नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फिर्ता हुने

काठमाडौं,९ फागुन । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फिर्ता गर्ने भएको छ।

उच्च स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फिर्ता लिने गरी सरकारले तयारी गरेको छ।

तयारी पूरा भएमा भोलि नै प्रतिबन्ध फिर्ता गर्ने र कुनै कारण भोलि ढिला भए मंगलबारसम्म प्रतिबन्ध फिर्ता भइसक्ने बताइएको छ।

मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको घोषणासँगै वार्ता टोली समेत गठन गर्ने बताइएको छ। सरकारले वार्ता टोली बनाएर औपचारिक रुपमा पत्र पठाए विप्लवले समेत वार्ता टोली बनाउनेछन्।

उपत्यकामै आज विप्लवका एक केन्द्रीय नेता र ओली सरकारका मन्त्री बीच अनौपचारिक छलफल भएको स्रोतले जानकारी दियो।

वार्तालगत्तै विप्लव नेकपामाथि लागेको प्रतिवन्ध हटाउने तयारी सरकारले गरेको हो।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले नै विप्लवसँग वार्ताका लागि चासो दिएका छन्।

आज मात्रै एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ता गर्न लागेको भन्दा केहि मान्छेलाई छटपटि भएको बताएका थिए।

प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपालाई मूलधारमा आउन आग्रह गरेका थिए।

शनिबार महासचिव विप्लवले सरकारसँग वार्ता गर्न तयार रहेको बताएका थिए।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्