संसद् पुनर्स्थापनाले तानाशाही कदमको अन्त्य भयो नेकपा नेतृ झाक्री

16
काठ्मान्डौ,११ फागुन ।नेकपाकी नेतृ रामकुमारी झाँक्रीले संसद् पुनर्स्थापनाले तानाशाही कदमको अन्त्य भएको बताएकी छन्।
आज दिउँसो सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि खुसी हुँदै नेतृ झाँक्रीले सामािजक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेकी हुन्।
‘स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्याउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद् पुनर्स्थापना अनिवार्य थियो,’ उनले लेखेकी छन्, ‘यो पुनर्स्थापनाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्यसँगै समग्र जनताको सम्मान गरेको छ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्