कृष्ण पौडयलको लुकि लुकि मायाले भयो सार्वजनिक

5

सल्यान,१५ फागुन । गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । गायिका आरती अधिकारीको साथमा नयाँ गीत सार्वजनिक गरेका हुन् । गीतको शब्द र संगीत गायक पौडेल स्वयंको छ ।

पछिल्लो समयको माया प्रेमको भावनालाई समेटेर गीत तयार गरिएको गायक पौडलले बताए । गीतले जिन्दगीको वास्तविकता आभास गराउने बताए ।

विनोद बजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरूङले गरेका छन् । सविन गुरूङको कोरियोग्राफी रहेको भिडियोमा लोमश शर्मा र अमृता सापकोटाको अभिनय रहेको छ ।
गणेश सापकोटाको
भिडियो छायाङन तथा दृश्य सम्पादन सुवास अमगाईले गरेका छन् ।https://youtu.be/b6EfZYUm9mk

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्