प्रधानमन्त्री ओलीलाई जनताले देशकै असक्षम प्रधानमन्त्रीको रुपमा मुल्यांकन गरे; गगण थापा

14

सिन्धुली,१५ फागुन ।नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले देशकै असक्षम प्रधानमन्त्रीको रुपमा मुल्यांकन गरेको बताएका छन्।

शनिबार सिन्धुलीको तीनपाटन गाउँपालिकामा भएको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधान प्रति इमान्दारिता देखाउन नसकेको थापाले आरोप लगाए। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनताको मतको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नेकपाको चुनावी घोषणा पत्र अनुसार एक छेउ पनि काम गर्न नसकेको बताए।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले लोभ र लालचका कारण तीन वर्ष सम्म प्रधानमन्त्री ओलीले जति गल्ती गर्दा पनि चुपचाप लागेर बसेको आरोप लगाए। नेपाली कांग्रेस संसदमा सांसदको संख्यामा कमजोर भए पनि जिम्मेवारीको सवालमा अब्बल रहेको थापाको दाबी थियो।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्