द्वन्द रहित कक्षाकोठा सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

सल्यान,२१ फागुन ।सुरक्षित सिकाईका लागी विद्यालयमा,सुरक्षित वातावरण सृजना गरौ भन्ने मुल उद्धेश्यका साथ द्वन्द रहित कक्षाकोठा सम्बन्धि अभिमुखिकरण तालिम आज श्रीनगरको होटेल युनाइटेडमा सम्पन्न भएको छ ।सल्यान जिल्ला स्थीत शारदा नगरपालिकाको शिक्षा शाखाको समन्वय तथा सिविन नेपाल र विश्व शिक्षाको सहकार्यमा तालिमको सञ्चालन गरीएको थियो ।कार्यक्रम्मा जनप्रतिनिधी,शिक्षक,विद्यालय कर्मचारी तथा बि.व्य.स प्रतिनिधिहरु गरी बाइस जनाको सहभागीता रहेको थियो ।शा.न.पा.का शिक्षा शाखाका प्राविधिक सहायक शिव प्रसाद गौतम प्रमुख प्रशिक्षक रहेको कार्यक्रम्मा सिविन नेपाल सल्यानका कार्यक्रम अधिकृत सनतोष बि.क.ले कार्यक्रम्मको उद्धेश्यबारे प्रष्ट पारेका थिए ।यस्तो कार्यक्रमले शिक्षक,विद्यार्थी र बि.व्यसलाई उत्प्रेरणा मिल्ने समेत प्रशिक्षणमा बताईएको थियो । जिल्लाका १६वटै विद्यालयमा यस्तो कार्यक्रम सँचालन भईसकेको समेत बि.कले बताए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्