सर्वोच्चको आदेशपछि,आ–आफ्नो पूर्व पार्टीमा फर्कने दाहाल–नेपाल समूहको निर्णय

                                                  फाईल फोटोः

काठ्मान्डौ,२४ फागुन ।सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनष्टि पार्टी (नेकपा)नाम ऋषिराम कट्टेललाई दिँदै दुई पार्टीलाई एकता पूर्वको अवस्थामा पुर्‍याइदिएपछि आ-आफ्ना पूर्व पार्टीमा फर्कने निर्णय दाहाल–नेपाल समूहले गरेको छ।
थप सामग्रीसर्वोच्च अदालतको आइतबार फैसला आएपछि यो समूहको सोमबार बसेको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको हो। तत्कालीन एमालेमा उपाध्यक्ष रहेका युवराज ज्ञवालीले सर्वोच्च अदालतले दुवै पार्टी एकीकरण पूर्वको अवस्थामा पुर्‍याइदिएपछि आ-आफ्ना पार्टीमा फर्कने निर्णय गरेको बताए।

“हाम्रो समूह मात्र एमालेमा फर्कने भन्ने होइन, अदालतले नै फैसला गरेपछि त्यसलाई मान्दै प्रधानमन्त्री केपी ओली लगायत सबै पूर्व एमालेहरु उक्त पार्टीमा फर्कने हो,” उनले भने, “एमाले पार्टी ओलीको मात्रै होइन, हामी सबैले बनाएको हो। त्यसैमा सबै जानपर्ने अवस्था आएको हो।”

ज्ञवालीले सबै जना एमालेमा आवद्ध भएपछि पनि पार्टीभित्र आन्तरिक लोकतन्त्रका लागि छलफल र बहस जारी राख्ने बताए। “हामी पार्टीको विधान र पार्टीको निर्णय अनुसार चल्छौं, जसअनुसार प्रधानमन्त्रीमा ओलीलाई नै कायम राख्नुपर्ने हुन्छ। अन्य पार्टीले के गर्छन् हामीले जान्ने कुरा भएन।”

सत्तारुढ नेकपाभित्र मतभेद तीव्र भएका वेला आइतबार सर्वोच्च अदालतले नेकपाको नाममा रहेको विवादमा फैसला सुनाएको हो। उक्त फैसलाले नेकपाको नाम ऋषिराम कट्टेलले नेतृत्व गरेको पार्टीलाई दिने निर्णय मात्र गरेन, सत्तारुढ दललाई एकीकरण पूर्वको अवस्थामा पुर्‍याइदियो।

 

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्