सिके लामा/हुम्ला,२५ फागुन ।सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनष्टि पार्टी (नेकपा)नाम ऋषिराम कट्टेललाई दिएसंगै दुबै पक्ष आआफ्ना पर्टिमा फर्केका छन।
सर्वोच्च अदालतको आइतबार फैसला आएपछि यो समूहको सोमबार बसेको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको थियो। यसै अनुरुप हुम्लाको सदरमुकाममा पनि नेकपा एमालेले आज पार्टि कार्यालयको उद्घाटन गरेको छ ।पुर्व जिल्ला उपाअध्यक्ष डबल रावतको प्रमुख अतिथ्यतामा सञ्चालन भएको कार्यक्रम्मा छक्क बहादुर रोकायले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रमको अध्यक्षता पुर्व एमाले हुम्लाका जिल्ला कमिटि सदस्य तथा सचिवालय सदस्य नरबहादुर रोकायले गरेका थिए ।कार्यक्रमको सञ्चालन भने बुद्ध भण्डारीले गरेको त्याहाँ बाट सिके लामाले खबर आजकोलाई बताए ।
मनोहर मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित www.khabarajako.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई नेपाली भाषामा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषण समेट्ने न्युज पोर्टल हो।