‘मलाइ असफल बनाउन नेकपाका वडाध्यक्षले गाउँसभा हुन दिएनन्” अध्यक्ष संतोष केसी

सल्यान,२२ साउन । सल्यान स्थित क्षत्रेवछत्रेश्वरीगा  उँगपालिकाका अध्यक्ष सन्ताेष केसीले आफु काँग्रेस भएकै कारण नेकपाका वडाध्यक्षहरुले गाउँसभा बहिष्कार गरेकाे बताएका छन् ।   वडाध्यक्षहरुले नजायज माग राखेर गाउँपालिकामा अहिले सम्म बजेट स्वीकृत हुन नसकेको उनले बताएका हुन् ।

बिहीबार गाउँपालिकाले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष केसीले नेकपा पक्षधर ५ जना वडाध्यक्षहरुले गाउँपालिकमा २० बर्षदेखि कार्यरत कर्माचारीहरुलाई हटाउनु पर्ने माग राख्दै गाउँसभा बहिष्कार गरेपछि गाउँपालिकाका सम्पुर्ण कार्य रोकिएका बताएका हुन् । अध्यक्ष केसीले अहिले पनि गाउँपालिकामा कर्मचारीहरुको आवश्यक रहेको तर वडाध्यक्षले कर्मचारी हटाउनुपर्छ भनेर सभा हुन नदिएकाे बताए । कुनैपनि हालतमा कर्मचारी फाल्न नहुने अध्यक्ष केसीकाे तर्क छ ।

पहिले वडाध्यक्षकै सहमतीमा कर्मचारी राखिएकाे भन्दै उनले अहिले वडाध्यक्ष नेकपाका ठुला नेताहरुकाे रिमाेर्टबाट चलेकाे आराेप लगाएका छन् । उनले भने, ‘मलाइ असफल बनाउनकाे लागि नेकपाका ठुला नेताहरुकाे रिमाेर्टबाट वडाध्यक्षहरु नजायज माग लिएर चलेका छन् । त्यसाे हुन्न म दिन्न, नियम संगल काम गरिन्छ ।’

जिल्लाका १० वटै स्थानीय तहहरु मध्ये आफुले उत्कृष्ट काम गर्ने उद्देश्यले काम गरिरहेको भन्दै बहुमतको नाममा पटक पटक घेरावन्दी गर्न खोजिएको उनको भनाई छ । ‘गाउँपालिकामा उहाँहरुकै सहमतिमा सवै काम भएका छन्, वडाध्यक्षकै छोराछोरी गाउँपालिकामा करारमा कार्यरत छन् उहाँहरुले आफनै विरुद्ध छोराछोरी आन्दोलनमा उतार्नु भएको छ’, अध्यक्ष केसीले भने ।

उता वडाध्यक्षहरुले विगतमा कार्यपालिका बैठकमा भएका निर्णय कार्यान्वयन हुनुपर्ने, मनपरी रुपमा भैरहेका मेसनरी औजार खरिद रोकिनुपर्ने, मोटरसाइकल प्रयोगमा भएको अनियमितता हटाउनुपर्ने तथा निति विपरित भर्ना भएका र आवश्यकता भन्दा बढी भएका करारका कर्मचारी हटाउनुपर्ने माग सम्बोधन नभएकाले निति कार्यक्रम र वजेट पारित नभएको बताएका थिए ।

याे विषय सरासर गलत भएकाे अध्यक्ष केसीकाे भनाइ छ । गाउँपालिका भित्र कुनै पनि किसिमका चलखेल हुन नदिएकैले आफुलाई असफल बनाउन लागेको उनको भनाई छ, “कार्यपालिकाको वैठकमा पेश हुने धेरै एजेण्डाहरु हुन्छन् नियत सफा भए उहाँहरुले अरु मागमा निर्णय गरेर एउटा निर्णयमा नोट अफ डिसेन्ट लेख्न सक्नुहुन्छ तर उहाँहरु बोलाएका कुनै वैठकमा उपस्थिति नभएर बाहिर बाहिर कुरा गरिरहहनु भएको छ,” अध्यक्ष केसीले भने ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्