मनोजबाबु/सल्यान,६ चैत ।शारदा नगरपालिका सल्यानमा विहीवार देखि तेस्रो मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ ।सल्यानको सदरमुकामख खलंगाको लुहापिङ खेलमैदानमा सुरु भएको तेस्रो मेयर कप तथा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्द्वै जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डेले सवैले खेल खेल्ने वानीको बिकास गर्नुपर्ने बताएका छ्न । खेल जित्नका लागी मात्रै नभएर आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त राख्न पनि मद्धत गर्ने भएकाले खेल खेल्ने वानीको विकास गर्नुपर्नेमा जोड दिएका का हुन । न्यायाधीश पाण्डेले खेलाडीहरु परिवार, बिद्यालय, समाज र समग्र राष्ट्रको गहणा भएको बताउदैँ खेल क्षेत्र र खेलाडीहरुको विकासको लागी सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले खेलाडीको प्रोत्साहनको लागी खेल क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएकी छिन ।बिशिस्ट अतिथि समेत रहेकी खतिवडाले कार्यक्रम सफलताको शुभकामना दिदै खेलाडीको उज्ज्वल भबिष्यको कामना समेत गरेकी थिइन ।
शारदा नगरपालिकाका स्रोत ब्यक्ति बिर बहादुर सेजवालको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन लिलाधर बबालले गरेका थिए । चैत्र ९ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न विधाहरु भलिवल, कबड्डि, एथ्लेटिक्स, तेकान्दो लगाएका प्रतियोगिता सञ्चालन हुने शारदा नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रका चार दर्जन बढी बिद्यालयहरुले सहभागिताको कार्यक्रमको अध्यक्षता नगरप्रमुख सुरेश अधिकारीको रहेको थियो ।