श्रीलंका र वेष्ट इण्डिजबीचको पहिलो टेस्ट बराबरीमा सकियो

8

काठ्मान्डौ,१३ चैत । श्रीलंका र वेष्ट इण्डिजबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ । नर्थ साउण्डमा अन्तिम दिन निक्रुमा बोनरले शतक बनाएपछि वेष्ट इण्डिज श्रीलंकासँगको पहिलो टेस्ट बराबरी गर्न सफल भएको हो ।

जितका लागि पाएको ३७५ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले अन्तिम दिनको खेल सकिदा ४ विकेट गुमाएर २३७ रन बनाएपछि म्याच बराबरी भएको घोषणा गरिएको थियो । वेष्ट इण्डिजलाई हारबाट जोगाउन बोनरले शतक हाने ।

त्यसअघि श्रीलंकाले दोस्रो पालीमा ४७६ रन बनाउँदै वेष्ट इण्डिजसामु सम्मानजनक चुनौति पेश गर्न सफल भएको थियो । पहिलो पालीमा दुवै टिमले खराब प्रदर्शन गरे । श्रीलंकाले १६९ रन मात्रै बनाउन सक्दा वेष्ट इण्डिज पनि २७१ रनमा अलआउट भएको थियो ।

अब यी दुई टिमको दोस्रो टेस्ट आगामी सोमबारदेखि नर्थ साउण्डमै हुनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्