प्रचण्डलाई महन्थ ठाकुरको जवाफ,तपाईं उपल्लो तहमै हुनुहुन्छु

10

काठ्मान्डौ,१४ चैत ।जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरु कसैको पक्ष र कसैको विपक्षमा नरहेको बताएका छन्।

बृहत नागरिक आन्दोलनका अभियन्ताहरुले शनिबार काठमाडौं आयोजना गरेको बहस कार्यक्रममा बोल्दै ठाकुरले सत्ता लेनदेनका लागि आफूहरुले प्रधानमन्त्री ओलीसँग कुनै सहमति गरिनसकेको दावी गरेका हुन्।

बहसका क्रममा प्रचण्डले तपाईहरु पनि पीडित, हामीहरू पनि पीडित भएकाले मिलेर जानुपर्ने बताएपछि त्यसको जवाफमा ठाकुरले पीडित भएपनि प्रचण्डहरू उपल्लो तहमै रहेको तर आफूहरुको स्थान कहीँ नभएको जवाफ दिएका छन्।

केपी ओलीलाई अहिले पनि माओवादी केन्द्रले समर्थन गरिरहेको आफूहरु ओलीतर्फ लागेको भन्नु उपयुक्त नहुने ठाकुरले बताएका छन्। ओली सरकारमा भएको कारण आफूहरुको माग लिएर उनी समक्ष गएको उनको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्