प्रचण्डमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यङ्ग्यःअदालत मजाक गर्ने ठाउँ हो र ?

12

काठमाण्डौ,१७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि व्यङ्ग्य गर्दै अदालतलाई मजाक गरिने ठाउँ बनाएको बताएका छन । प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको खारेजीको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको सन्दर्भ उल्लेख गर्दै उहाँले पुनरावलोकनमा जानुलाई मजाक गरिएको टिप्पणी गरेका हुन ।

मंगलवार रिपोर्टर्स क्लब नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै  भने, ‘आज पुनरावलोकनका लागि जानु भाछ क्यार । अदालत कुनै मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज गरिदियो । पार्टी आफ्ना आफ्ना भइसके ।’

प्रधानमन्त्री ओली केही मान्छेहरूको महत्वकाङ्क्षाका राजनीतिक अस्थिरता निम्तिन खोजेको ओलीको भनाई थियो । केही व्यक्तिहरूले आफ्नो निहित स्वार्थका कारण देशको राजनीतिलाई धमिल्याउन खोजेको पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताए । सरकारले गच्छेअनुसार सञ्चार क्षेत्रलाई सहयोग गर्ने पनि उनको भनाई रहेको थियो ।

’एजेन्सीः

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्