खनाल र नेपाल समूहले देशभर दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने

7

काठमाडौं,२१ चैत । पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने भएको छ ।शनिबार बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका दुई महिने कार्यक्रम गर्ने निर्णय गरेको हो ।
उक्त समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधारमा मानेर एकतामा फर्कन आह्वान समेत गरेको छ । आगामी दुई महिनाका लागि घोषणा भएको कार्यक्रमका लागि जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय समेत भएको छ

बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्