विदेशमा मात्रै कोरोना बाट ६६ हजार १९ जना नेपाली संक्रमित

सल्यान,२९ चैत ।कोरोना भाइरस (कोभिड -१९) को संक्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन् । तीमध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अष्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा ३ सय ४९ जना नेपालीको कोरोनाका कारणले नेपालीहरुको निधन भएको छ ।
यो साता कोराना भाइरसको कारणले विदेशमा निधन हुने नेपालीको शून्य रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाले जानकारी दिए । शनिवार साँझसम्म स्पेन, पोल्याण्ड, चेक रिपब्लिका, जापान, मलेसिया, यूएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्