हुम्लामा बोलेरो जिप दुर्घटना चार जना घाईते

52

 

अङ्गराज परियार/हुम्ला,३० चैत ।हुम्लामा आईतबार जिप दुर्घटना भएको छ ।जिल्लाको छर्पेलाबाट मैला जानको लागी रोकेर राखेको बसमा आईतबार दिउसो करीब ४ बजे बा १८च ३९५१ नम्बरको बोलेरो जिप ठोकिएको हो । लामो समयपछि भर्खरमात्र राष्टृय सडक सन्चालमा जोडिएको हिमाली जिल्लामा पहिलोपटक जिप दुर्घटना भएको हो। दर्घटनामा परी चार जना घाइते भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी निरीक्षक सितारा बिष्टले जानकारी दिएका हुन ।
दुर्घटनाबाट घाइते हुनेमा ताजाकोट गाउपालिकाका ३ कि १३ बर्षिय सरिता नेपाली, सोही वडाकी ७ वर्षिय गिता नेपाली, वडा नम्बर ५का २७ वर्षिय रबिन्द्र नेपाली र वडा न २ ताजाकोट गाउँपालिका का ३६ वर्षिय जानदत्त घाइते भएको बताईएको छ ।

गम्भीर घाईते भएकि सरिता नेपालीको भने बाजुरको कोल्टी स्वास्थ्य चौकीमा उपचार को लागि ल्याइएको छ । अन्य तिन जनाको अवस्था भने सामान्य रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्