काठमाडौं,४ बैशाख । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन् ।
ओलीले शुक्रबार फोन गरेर सनिवार बिहान बालुवाटार भेटौं भनेको तर प्रचण्डले आफू बालुवाटार नआउने, सिंहरदबार भए आउने भन्ने जवाफ दिएको प्रचण्डको सचिवालयले जनाएको छ । यस अघि माधब कुमार नेपालले पनि बालुवाटारमा बोलाएको बैठकमा सहभागि हुन नस्क्ने बताएका थिए ।
बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा हिउँदे अधिवेशनबारे अन्तय र बजेट अधिवेशनका सम्वन्धमा समेत छलफल हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ।
दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बोलाएका छन् ।