राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानको चौथौ अधिवेशन सम्पन्नःअध्यक्षमा भण्डारी

सल्यान,४ बैसाख ।राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानको चौथौ अधिवेशन आज सल्यानको खलङ्गामा सम्पन्न भएको छ । । परिषदको चौथो अधिवेशनबाट अध्यक्षमा प्रविन भण्डारी निर्वाचित भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा इन्द्र भण्डारी अंकित, सचिवमा तारादेव शर्मा प्रर्दशन, सहसचिवमा मनोजवावु मनोहर र कोषाध्यक्षमा सिर्जना विष्ट निर्वाचित भएका हुन । यस्तै सदस्यहरुमा डिल्लीराज केसी, मोहनसिंह घर्ति, रमा शर्मा, गणेश बिक रहेका छन् । त्यस्तै सल्लाहाकारमा केशवराज देबकोटा, विष्णु शर्मा रहेको राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानले जनाएको छ । परिषदले गर्दै आएका बिभिन्न कार्यक्रमलाई व्यवस्थित तरिकाले संचालन गर्ने परिषदले जानकारी दिएको छ ।

निर्वतमान अध्यक्ष बिष्णु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिकाका नगरप्रमुख शुरेस अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले स्वः छोरी अजिताको नाम्मा २५ हजारको अजिता साहित्य पुरस्कारको लागि अक्षयकोष स्थापनाको घोषणा गरेका हुन । अक्षयकोषको रकमबाट आउने वार्षिक व्याजबाट बाट प्रत्येक वर्ष उत्कृष्ट साहित्कारलाई पुरस्कृत गरिने उनको भनाई छ । साहित्य क्षेत्रलाई फराकिलो बनाउनको लागि आफ्नो तर्फबाट सहयोग र सहकार्य हुने जानकारी दिए ।

राप्ती साहित्य परिषदका उपाध्यक्ष डिल्लीराज रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा साहित्यकारहरु डाक्टर प्रेम योगी, डाक्टर पुर्ण भण्डारी पङकज, राप्ती साहित्य परिषद दाङका अध्यक्ष दिपक शर्मा समिर र पत्रकारहरको उपस्थिति रहेको थियो भने कार्यक्रम्मा बिभिन्न स्रष्टाहरुले रचना वाचन समेत गरेका थिए ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्