जनता समाजवादी पार्टी जसपा) को २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

दाङ,७ बैसाख ।पार्टीको निर्णय विपरित लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका चार सांसदलाई जनता समाजवादी पार्टी (जसपा) ले २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

सोमबार पार्टी ह्विप विपरित मन्त्रिमण्डलमा सहभागी भएका सन्तोष पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ दिन जसपा संसदीय दलले अल्टिमेटम दिएको हो।
मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश मन्त्रिपरिषदप्रति विश्वास छैन भनी जसपा लुम्बिनी प्रदेश समितिको मिति २०७७ चैत्र २६ गतेको निर्णय र जसपा लुम्बिनी प्रदेश सभा संसदीय दलको मिति २०७८ वैशाख ६ गते निर्णय अनुसार सांसदहरुलाई ह्विप जारी गरिएको दलका नेता सहषराम यादवले बताए।

ुयस निर्णय अनुसार राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ को उपदफा १ ९क० र २ बमोजिम दलको तर्फबाट ह्विप जारी गरिएको निर्णय तपाई आफैलाई थाहा हुँदाहुँदै यसको विपरित मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वको मन्त्रिपरिषद सदस्यमा सपथ ग्रहण गर्नु गम्भिर ह्विप उल्लंघन हो,ु स्पष्टीकरण पत्रमा भनिएको छ।
मन्त्रीहरुलाई दल र दलनेताको ह्विप किन उल्लंघन गरेको हो रुु भन्दै प्रश्न सोधिएको छ। प्रचलीत कानुन र संसदीय दलको विधान विपरित अर्को संसदीय दल गठन के को आधारमा गरिएको हो भनि सोधिएको छ।

सोमबार जसपा लुम्बिनी प्रदेश कमिटीले सरकारमा गएका चार मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको थियो।

तर उक्त कारबाही अवैधानिक भएको नवनियुक्त मन्त्रीहरुले बताउँदै आएका छन्।

नवनियुक्त मन्त्री सन्तोष पाण्डेले भने बहुमत सांसदहरुको बैठकले आफूलाई जसपाको संसदीय दलको नेता बनाएको बताए।

संसदीय दलको बहुमतको निर्णयले पार्टी सरकारमा गएकोले स्पष्टीकरणको प्रश्न नआउने उनले बताए।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्