राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संसदको अधिवेशन वैशाख २७ गतेका लागि आह्वान

काठमाडौँ,१९ बैसाख ।राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन वैशाख २७ गतेका लागि आह्वान गरेकी छन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशनको बैठक वैशाख २७ गते दिउँसो १ बजेका लागि आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् ।

‍‘मन्त्रिपरिषदको मिति २०७८बैसाख १९ को सिफारिसमा सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा ९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १  बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको छ ।’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने मन्त्रिपरिषद् बैठकमा जानकारी गराएको जनाइएको थियो ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्