काठमाडौं,२७ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन संसदको विशेष अधिवेशनमा राखेको प्रस्तावको पक्षमा ९३ मत प्राप्त भएको छ ।
आवश्यक संख्यामा विश्वासको मत प्राप्त गर्न असफल भएका प्रधानमन्त्री ओली संवैधानिक व्यवस्था अनुसार स्वत पदमुक्त भएका छन।
त्यस्तै, विपक्षमा १२४ मत प्राप्त भएको छ । पक्ष र विपक्षमा मत नदिने सांसदको संख्या १५ जना रहेका छन् ।
प्रधानमन्त्रीको प्रस्तावको पक्षमा उपस्थित सांसद संख्याको आवश्यक मत प्राप्त नभएकाले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल भएका हुन ।
प्रस्तावको पक्षमा ९३ मत परेकाले प्रधानमन्त्रीको प्रस्ताव असफल भएको सभामुख सापकोटाले घोषणा गरे ।
मतदानमा उपस्थित हुने सांसदको संख्या २३२ रहेको सभामुख सापकोटाले जानकारी दिए ।