काठमाडौं,३१ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए । तर राष्ट्रपतिले दिएको समय वैशाख ३० गते राति ९ बजेसम्म कसैले बहुमतको सरकारका लागि दावी पेश नगरेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन।
उनले र उनको मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार नै शपथ लिएका छन् । ओलीले पदमुक्त हुनुअघि मन्त्रीको जिम्मेवारीमा रहेका सबैलाई पुरानै जिम्मेवारीअनुसार मन्त्री बनाएका छन् ।
शुक्रबार मन्त्रीहरु गौरीशंकर चौधरी र गणेशसिंह ठगुन्ना तथा राज्यमन्त्री विमला विकले भने सपथ लिएनन् ।