अन्तर्राष्ट्रिय क्रिकेट परिषदको वरीयतामा नेपाल यथावत

काठमाडौँ,११ जेठ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ ।

नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा नै कायम छ । अघिल्लो वरीयतामा पनि नेपाल १६औँ स्थानमै रहेको थियो । टी(ट्वान्टी वरीयतामा नेपाल १३औँ स्थानमा रहेको छ ।

घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग(२ अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि नेपालले एकदिवसीय क्रिकेट खेलेको छैन ।

एकदिवसीयमा नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेका छन् ।वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा भारत रहेका छन् ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्