आइपिएलका बाँकि खेल युएईमा हुने तयारी

काठमाडौँ ,१२ जेठ। इण्डियन प्रिमियर लिग (आइपिएल) यस सिजनका बाँकी खेल युएईमा हुने तयारी भएको छ ।

भारतीय मिडियाहरुका अनुसार मे ४ मा स्थगित भएको आइपिएलमा ३१ खेल्न बाँकी रहेका ३१ खेल युएईमा हुने टुंगो लागेको छ ।

भारतको इङल्याण्ड सिरिज १४ सेप्टेम्बरमा सकिने भएकाले त्यसपछि हुने विश्वकप टी-२० विचमा एक महिनाको समय बाँकी हुने र सोहि समयमा आइपिएलका बाँकी खेल खेलाउने तयारी गरिएको बताइएको छ ।

तीन सातामा १० दिनमा हरेक दिन दुई खेल खेलाएर २० खेल खेलाउने र बाँकी दुई सातामा बाँकी खेल खेलाउने गरि तयारी भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

१४औ सिजनको आइपिएलका अहिलेसम्म २९ खेल खेलिएका छन् भने भारतमा कोरोना संक्रमण तिब्रगतिमा बढेपछि मे ४ मा स्थगित भएको थियो ।

आइपिएलको यस सिजनमा अहिलेसम्म दिल्ली क्यापिटल्स पहिलो स्थानमा छ भने चेन्नई सुपर किंग्स दोस्रो र रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्