दलित भएकै कारण चितवनमा आमा छोरा कुटिए

नबिन केसि/चितवन,१३ जेठ ।पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ९ मा दलित भन्दै गैर दलित परिवारले आमा छोरालाई कुटपिट गरेका छन ।
घटनाक्रम दुई छोरी र एक छोराका आमा कल्पना परियार एकल महिला पनि हुन । कल्पनाले श्रीमान् बितेपछि घरको आर्थिक कारोबारसहित छोराछोरीको पढाई सबै हेर्दै आएकी छिन । पेशाले उनी किसानी हुन । गत मङ्गलवार पनि उनी बारीको काम सक्काएर साएको समयमा उनी बस्तुभाउलाई घाँस दिँदै थिइन । गाउँमा पैसा चोरी भएको भन्दै एक्कासि गाउँमा हल्ला आयो । पैसा हराएका छिमेकको घर सेते श्रेष्ठको घर नजिकै नै थियो ।

कल्पनाले सेते श्रेष्ठसङ आर्थिक लेनदेन गरेर केही महिनाअघि नै सबै रकम बुझाइदिइसकेकी थिइन् । कल्पना पनि छोरीलाई बाख्रा खोरमा हाल्नु है भनेर उनी दौडिँदै सेतेको घर पुगिन । त्यहाँ जाने बित्तिकै सेतेको श्रीमतीले कल्पनालाई हेर्दै रि सले मु रमुर्दै भनिन्र्,थु क्क द मिनी । आज दमिनीको अनुहार हेर्नुप र्यो । ’
मलाई किन तपाईँले यस्तो भन्नुभएको के मात्रै बोलेकी थिइन् उनलाई सेतेको श्रीमतीले कपाल भुत्लाउन्न आई पुगेको कल्पनाले बत्ताइन । आमालाई पिटेको देखेर छोरा अमृत परियार पनि छुट्टाउन गए । छोरालाई पनि सेतेका छोरा राजकुमार श्रेष्ठ भएर कुटपिट गर्न लागे । कल्पना मलाई छोड छोड भन्दै गुहार माग्दै थिइन् । गाउँका मान्छेहरू एक छिन त रमिता हेरिरहे । पछि गाउँका केही व्यक्तिहरू मिलेर छुटाउने कोसिस गर्दै थिए । घरमा भएकी कल्पनाकी छोरीले पनि आमादायीलाई कुटेको खबर पाएपछि उनी आतुर हुँदै घटनास्थलमा आई पुगिन् । आफू त्यहाँ पुग्दा दाइ र आमाको अवस्था गम्भीर नै भइसकेको थियो । पुजाले भनिन्र्, त्यसपछि मैले प्रहरीलाई खबर गरे । एक छिन म त्यहाँ नपुगेको भए मेरो दाइ आमालाई मारि सक्र्थे । मैले एम्बुलेन्सलाई पनि फोन गरेर दाइ र आमालाई अस्पताल लगे ।’
भरतपुर स्थित अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार अमृतको उपचार गरिएको थियो । अमृतको हातको कुमको जोर्नी भाँचिएको छ भने कल्पना सामान्य घाइते छन् । पीडित परिवारले पनि दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र मिलापत्रमा नजाने बताएका छन् । स्थानीय सरकारले भने गाउँघरको सानोतिनो घटना भनेर मिलापत्रमा जानुपर्ने भनेको कल्पनाले बत्ताइन् ।


उपचार खर्च भने सेते श्रेष्ठका परिवारले नै गरे । सेतेका श्रीमती चिनीमाया श्रेष्ठले कल्पनालाई घटना हुनुभन्दा पहिले पनि एकल महिला भएकोले श्रीमान् टोकुवा इत्यादि अनावश्यक गालि र धम्की दिँदै आएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
नेपाललाई २०६८ जेठ २१ मा जातीय छुवाछुतमुक्त घोषणा गरे पनि अहिले यसरी अमानवीय घटना गरेका रापती नगरपालिकाकी कार्यपालिका सदस्य आइतदेवी दराइले बताइन् । उनले दुख व्यक्त गर्दे जातीय विभेदको कारण समुदायमा भएको यस किसिमको घटनालाई क्षमा दिन नसकिने उनले जानकारी दिइन् । सेतेका परिवारलाई प्रहरीले पक्राउ नगरेको र सामान्य घटना भनेर छोडिदिएको दराई ले बताइन् ।
राप्ती नगर स्तरीय दलित समन्वय समितिले पनि घटनाको भर्त्सना गरेको छ । समितिका अध्यक्ष श्यामलाल विकले यस किसिमको घटनालाई क्षमा दिन नसकिने र यस विषयमा कानुनी कार्बाहीको लागि माग गरे ।
रापती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार उक्त घटना फौजदारी मुद्दा भएकोले कानुन अनुसारलाई पिडकलाई कारबाही हुन्छ ।अमानवीय घटना भएकोले पिडकलाई कानुनअनुसार कारबाही गरिने र मिलापत्र गर्नै नमिल्ने लामाले बताए ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्