नविन के.सी ।नेपाल कृषि प्रधान मुलुक हो यहाँ को करिब ६५.६५ जनसंख्या कृषि पेसामा सम्लग्न रहेका छन नेपाल कृषि को अधिक सम्भावना बोकेको मुलुक हो बिशेशत यहाँ को हावापानी यस्तै छ ।हावापानीको दृष्टिकोणले नेपाल एउटा अचम्मको देश हो । यहाँ उच्च हिमालको ठण्डा ट्रुण्डा हावापानीदेखि तराईको उष्ण प्रदेशीय हावापानी पाइन्छ । यहाँ सबै भन्दा बढी वर्षा पोखरामा ३३४५ मी.मी। र सबै भन्दा कम वर्षा मुस्ताङमा ३०० मी.मी। एवं वार्षिकऔसत वर्षा १६०० मी.मी। हुन्छ । यहाँ मुख्य वर्षा असारदेखि भाद्रसम्म हुन्छ । यहाँ साना ठुला छ हजार भन्दा बढी नदीनालाहरूबाट बर्षेनी १७ देखि २२५ अर्व क्युबिक मिटर पानी बग्दछ । नेपालमा सम्पूर्ण कृषि भूमिमा बाह्रै महिना सिँचाई गर्न ३५ अर्व क्युबिक मिटर पानी आवश्यक पर्दछ ।
नेपालको हावापानी अनुसार तराई अन्नको भण्डार, पहाडलाई फलफूल खेती र उच्च पहाड तथा हिमाली क्षेत्रमा पशुपालन भए पनि न तराईमा क्षमता अनुसारको अन्न उब्जाउन सकेको छ, न पहाडमा फलफूलको विकास गर्न सकिएको छ न उच्च पहाड तथा हिमाली भेगमा पशुपालन गर्न सकिएको छ न जडीबुटीको खेती नै गर्न सकिएको छ । सम्भावनाहरूको पहिचानको लागि उचित योजना बनाउनु आवश्यक देखिन्छ । सबै साधन श्रोतहरू मध्ये मानव साधन तथा जनशक्ति महत्त्वपूर्ण मानिन्छ ।
विश्वव्यापी कोरोनाको महामारीले बिदेसिएको जनशक्ति स्वदेश फर्केका छन् । यिनीहरूको लागि सजिलो गर्न सकिने पेसा व्यवसाय पनि कृषि नै देखिएको छ ।देश भरी करिब २५ प्रतिशत खेतबारी बाँझै रहेको एकातिर छ भने अर्कातिर खानपिनमा आयातित संस्कारहरूले निकै उतार चढाव आएको छ । खाने परिकार तथा खाने बानी फेरिएको छ । पोषण युक्त खाने कुराको उपभोगमा जोड दिइएको छ । हामीले जहाँ जे उत्पादन हुन्छ त्यहाँ त्यसको उपभोग नगरी उच्च पहाडी क्षेत्रमा आलु, उवा, कागुनो, चिनो, कोदो, फापर उत्पादन हुन्छ भने त्यहाँ भात खाने परम्परागत परिकार नखानाले खाद्य सुरक्षामा सङ्कट पैदा भएको छ यसलाई समयमै ध्यान दिनु आवश्यक छ ।
कृषि उत्पादनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा जमिन हो । जमिनलाई न त फराकिलो पार्न सकिन्छ न खुम्चाउन नै सकिन्छ । कृषि कार्य एउटा उत्पादन कार्य भएकाले उत्पादनका साधनहरू जमिन, श्रम, पुँजी र सङ्गठनको पर्याप्त उपलब्धता हुनु अपरिहार्य ।
नेपालमा कृषि क्षेत्रको औपचारिक रूपमा विकासको सुरुवात विसं १९७८ सालमा कृषि अड्डाको स्थापना भएपछि मानिन्छ । औपचारिक रूपमा कृषि क्षेत्रको विकासको सुरुवात भएको एक शताब्दी हुन लाग्दा सम्ममा पनि कृषिमा आत्मनिर्भर हुनको सट्टा परनिर्भरता दिनानुदिन बढ्दै गइरहेकोले कृषि क्रान्ति अपरिहार्य रहेको कुरालाई नकार्न सकिँदैन ।