कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने

सुर्खेत,२९ जेठ ।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।आज दिउँसो प्रदेश सभामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारले ल्याएको प्रि– बजेट माथिको छलफल पश्चात आज नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।कोरोना रोकथाम तथा नियन्त्रण लाई सुदृढ पार्दै स्वास्थ्य क्षेत्र केन्द्रित र कर्णालीको गरिवीलाई न्युनिकरण गर्न आधार सृजना गरिने खालको नीति तथा कार्यक्रम ल्याउन लागिएको बताइएको छ ।

वर्तमान अबस्थामा सृजित कोरोनालाई नियन्त्रण गर्नु प्रमुख दायित्व भएकाले यसलाई प्राथमिकतामा राखिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले जानकारी दिए ।

आज दिउँसो २ बजे बस्ने संसद बैठकमा कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्