आज ७ वटै प्रदेशले बजेट भाषण गर्दै;सबैको प्राथामिक्तामा कोरोना

सल्यान,१ असार । सातवटै प्रदेशले आज आर्थिक वर्ष २०७८/0७९ को वार्षिक आय व्यय विवरण सार्वजनिक गर्दैछन् । प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।


आज प्रदेश १ र वागमतीमा दिउँसो तीन बजे बजेट वाचन हुने छ । प्रदेश २, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे बजेट भाषणको तयारी छ । बजेट भाषणअघि गण्डकी र कर्णालीमा आजै नीति तथा कार्यक्रममाथि मतदान पनि हुने कार्यक्रम छ ।
यसपालीको बजेटमा सबै प्रदेशले कोरोना महामारी रोकथामलाई प्राथमिकतामा राखेका छन् । प्रदेश १ र प्रदेश २ मा चालू आर्थिक वर्षको भन्दा बजेटको आकार घट्ने भएको छ । स्रोतको संकुचनका कारण ती प्रदेशले अघिल्लो वर्षभन्दा केही सानो आकारको बजेट पेश गर्न लागेका हुन् ।

गण्डकीमा नयाँ सरकार बनेको चौंथो दिनमा नै बजेट सार्वजनिक हुन लागेको छ ।

अर्थमन्त्रीसमेत नियुक्त नभएको अवस्थामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल स्वयम् बजेट भाषण गर्दैछन् ।

खबर आजको
खबर आजको पढ्नुभएकोमा यहाँलाई धन्यबाद#हाम्रो यस खबर आजको डट कम अनलाइनमा प्रकाशित सामाग्रिहरु प्रति यहाँहरुको कुनै प्रतिक्रिया भए khabarajako2020@gmail.com मा mail गर्नुहोला । साथै हामीसंग khabarajako.com youtube channel,khabar ajako facebook page, र खबर आजको facebook group मा जोडिनुहोला ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्